२६ असार २०८३, शुक्रबार

भैरहवाको निर्वाणा होटलमा गोली चल्दा एकजना घाइते

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, १८ कार्तिक । भैरहवाको होटल निर्वाणामा गोली चलेको छ। आज राति १ बजे होटलमा गोली चलेको हो ।

गोली लागेर एकजना घाइते भएका छन् । घाइते हुनेमा होटलकै सुरक्षा गार्ड बुटवल उपमहानगरपालिका वडा नं। १५ का २७ वर्षीय मीन बहादुर परियार रहेको छन् । उनको खुट्टाको तिघ्रामा गोली लागेको छ।

केही व्यक्ति विवाद गर्दै होटलमा छिर्न खोजेपछि गार्डले रोक्ने क्रममा अपरिचित व्यक्तिले गोली चलाएको बताइएको छ ।

गोली प्रहार गर्ने व्यक्ति भारतीय भएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रहरीले उनको खोजी गरिरहेको छ ।