१० असार २०८३, बुधबार

जबरजस्ती करणीको आरोपमा कपिलवस्तुका पूर्व शिक्षक पक्राउ

4.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु, १७ कार्तिक । कपिलवस्तुको शिवराज नगरपालिका–५ का एक पूर्व शिक्षकलाई जबरजस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

शिवराज–५ निवासी शिवराज सुबेदीले घरेलु कामदारका रूपमा राखेकी १५ वर्षीया किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पीडित किशोरीले प्रहरीमा उजुरी दिएकी थिइन्। उजुरीका आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार सुबेदीले गौमुखी गाउँपालिका (प्युठान) की ती बालिकालाई “पढाइमा सहयोग गर्छु” भन्ने प्रलोभन देखाई १३ महिनादेखि आफ्नै घरमा घरेलु कामदारका रूपमा राखेका थिए। श्रीमती र परिवार घरमा नभएको मौका छोपी उनले पटक–पटक किशोरीमाथि यौन दुर्व्यवहार गरेको पीडितले बताएकी छिन्।

सुबेदीले करिब दुई वर्षअघि शिक्षण पेशाबाट अवकास लिएका थिए। हाल उनलाई हिरासतमा राखी विस्तृत अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।