२२ असार २०८३, सोमबार

कांग्रेस नेता रामहरि खतिवडालाई पितृशोक

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभाका सदस्य रामहरि खतिवडालाई पितृशोक परेको छ ।

उनका पिता जीवनाथ खतिवडाको आइतबार साँझ ७७ वर्षको उमेरमा निधन भएको हो । उनी लामो समयदेखि अर्बुद (क्यान्सर) रोगबाट पीडित थिए ।

स्वर्गीय खतिवडाको पार्थिव शरीरलाई सोमबार (आज) पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।