१५ असार २०८३, सोमबार

प्रचण्ड–माधवसहितका नेताले गरे पार्टी एकताको सहमतिपत्रमा हस्ताक्षर, चुनाव चिन्ह पाँचकुने तारा

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ कात्तिक । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित ८ राजनीतिक पार्टीका नेताहरुले एकताका लागि सहमति गरेका छन् ।

माओवादी केन्द्रका प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष नेपाल, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेकपा महासचिव चिरन पुन, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र नेकपा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले १८ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

नयाँ पार्टीको नाम भने टुंगो लागेको छैन तर चुनाव चिन्ह भने पाँचकुने तारा रहने सहमतिपत्रमा उल्लेख छ ।