२१ असार २०८३, आइतबार

पेरिसडाँडामा छलफलमा प्रचण्ड र माधव नेपाल

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १६ कात्तिक । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल छलफलमा जुटेका छन् ।

दुई नेताहरूबीच अहिले माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा छलफल भइरहेको छ । उनीहरूबीच पार्टी एकताको विषयमा छलफल भइरहेको छ । पेरिसडाँडामै एकता कार्यदलको पनि छुट्टै बैठक बसिरहेको छ ।

दुई दलबीच पार्टीको नाम, चुनाव चिह्न, नेताहरूको कार्यविभाजनमा अन्तिम सहमति जुटिसकेको छैन ।