१३ असार २०८३, शनिबार

सुन्धारा कारागारबाट भागेका बन्दी ग्यास गन र गोलीसहित पक्राउ

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काडमाडौं, १६ कात्तिक । जेनजी आन्दोलनका क्रममा प्रहरीको ग्यासगन र गोली लुटपाटमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले काभ्रेपलान्चोकको महाभारत गाउँपालिका १ घर भई हाल काठमाडौँको गोकर्णेश्वर बस्ने २२ वर्षीय राजा तामाङ भन्ने वाङ्सु लामालाई पक्राउ गरेको हो ।

उनी भदौ २४ गते सुन्धारा कारागारबाट फरार भएका थिए । त्यसअघि उनलाई ज्यान मार्ने उद्योगको कसुरमा जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

कात्तिक १३ गते साँझ काठमाडौँ महानगरपालिका ७ लाहुरेटोलस्थित सोलुखुम्बु खाजा घरको बाहिर प्लास्टिकले बेरिएको अवस्थामा कुर्सीमाथि कालो झोला फेला परेको थियो । झोलामा ९७२ डब्ल्युके ६८३०१ ०३२१८९ नं उल्लेख भएको ग्यास गनको बट र नालको भाग छुट्याएको अवस्थामा फेला परेको थियो ।

अनुसन्धानका क्रममा उक्त झोला राजा तामाङको भएको खुलेको थियो । कात्तिक १४ गते साँझ उनलाई पक्राउ गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।

उनको डेराबाट प्रहरीले ३ थान गोलि पनि बरामद भएको सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले बताए । लामालाई थप अनुसन्धानका लागि सीआईबीले जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाएको छ ।