
काठमाडौं, १६ कात्तिक । नेकपा माओवादी केन्द्रको सचिवालय बैठकमा नेता जनार्दन शर्मा अनुपस्थित भएका छन् । शनिबार बसेको सचिवालय बैठकमा उनले नेकपा एकीकृत समाजवादीसँगको एकताबारे लिखित असहमति पेस गरेका थिए ।
लगत्तै आफूले एकताको भारी नबोक्ने भन्दै बैठक बीचमै बाहिरिएका थिए । त्यसप्रति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असन्तुष्टि जनाएका थिए । प्रवक्ता अग्निप्रसाद सापकोका अनुसार शर्मा आजको बैठकमा उपस्थित नै भएनन् । हिजोको बैठककै निरन्तरताका रुपमा माओवादीले बिहान ८ बजे बस्नेगरि आज पनि बैठक बोलाएको थियो ।
एकीकृत समाजवादीसँगको एकताबारे निर्णय लिन माओवादीले कात्तिक १७ गते केन्द्रीय समितिको बैठक बोलाएको छ ।








प्रतिक्रिया