
काठमाडौं, १५ कात्तिक । नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसँग एकताबारे निर्णय लिन केन्द्रीय समिति बैठक बोलाएको छ । पेरिसडाँडामा बसेको सचिवालय बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो ।
नेता हरिबोल गजुरेलले कात्तिक १७ गते बस्ने गरि बैठक बोलाएको नेपालखबरलाई जानकारी दिए । त्यस्तै बैठक स्थलबारे भने खोजी जारी रहेको बताए । गजुरेलले एकीकृत समाजवादीसँग कात्तिक १८ गते एकता हुने समेत दाबी गरे ।
उनले भने, ‘एकता हुने भयो । १७ गते हाम्रो बैठक बोलाएको छ । एकता १८ गते हुने भन्ने छ ।’








प्रतिक्रिया