
काठमाडौं, १४ कात्तिक । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक स्थगित भएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच महाधिवेशन कार्यतालिका ल्याउने विषयमा सहमति हुन नसक्दा बैठक स्थगित भएको हो ।
कांग्रेसमा संस्थापन पक्ष चुनावपश्चात् १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउने पक्षमा छ । तर, महामन्त्रीद्वयसहितको समूह भने मंसिरमा नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउनुपर्ने अडानमा छन् । यो विषयमा कांग्रेस दुई धारमा बाँडिएको छ ।
कार्यतालिका ल्याउने विषयमा आज बिहान नेता डा. शेखर कोइरालासँग पनि महामन्त्रीद्वयले संवाद गरेका थिए । १६ पुसमा केन्द्रीय महाधिवेशन नियमित गर्ने गरी कार्यतालिका ल्याउन सकिने र दबाब दिने निर्णय भएको थियो । त्यसपश्चात् महामन्त्रीद्वय र कार्यवाहक सभापति छलफलमा बसेका थिए । छलफल सहमतिमा नपुग्दा केन्द्रीय समिति बैठक स्थगन गरिएको हो ।








प्रतिक्रिया