
काठमाडौं, १४ कात्तिक । नेपाली कांग्रेसको महाधिवेशनका लागि दबाब दिन हस्ताक्षर गरेको समूहले वाग्मती प्रदेशस्तरीय भेला डाकेको छ । आइतबारका लागि डाकिएको भेला आनन्दभूमि पार्टी भेन्युमा हुनेगरी छलफल अघि बढेको छ ।
भेलामा वाग्मती प्रदेशका विभिन्न जिल्लाका हस्ताक्षरकर्ता, महाधिवेशन प्रतिनिधिका साथै देशैभरका अन्य जिल्लाका हस्ताक्षरकर्ताहरू पनि सहभागी गराउनेगरी गृहकार्य भएको छ ।
तर, विशेष महाधिवेशनका लागि दबाब दिने अथवा नियमित महाधिवेशन कार्यसमितिको नियमित अवधिभित्रै भन्ने निर्णय हुन बाँकी छ ।








प्रतिक्रिया