
काठमाडौं, ११ कात्तिक । हिमाल पारीको जिल्ला मुस्ताङको मुक्तिनाथ मन्दिर क्षेत्रमा आज बिहानैदेखि हिमपात भएको छ । मुक्तिनाथ मन्दिर वरपर क्षेत्रमा हिउँ परेको हो ।
हिमपातले मुस्ताङका डाँडाकाँडा सेताम्मे देखिएका छन् । हिमपातका कारण मुक्तिनाथ दर्शनका लागि गएकाहरु प्रभावित भएका छन् ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय मुस्ताङले हिमपात भइरहेकाले पर्यटकहरुलाई सुरक्षित बस्न अनुरोध गरेको छ ।










प्रतिक्रिया