
काठमाडौं, ११ कात्तिक । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । साथै, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा मध्यम हिमपात/वर्षा तथा बाँकी तराईका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा भारी हिमपात/वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै, महाशाखाका अनुसार आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही तराई भू–भागमा आंशिक बदली रहनेछ ।
गण्डकी प्रदेशका केही स्थानहरूमा, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा मध्यम हिमपात/वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा भारी हिमपात÷वर्षाको पनि सम्भावना रहेको छ ।








प्रतिक्रिया