२५ असार २०८३, बिहिबार

महाशाखाले जारी गर्‍योे विशेष मौसम बुलेटिन, यी स्थानमा वर्षा र हिमपातको सम्भावना

994
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० कात्तिक । देशका केही स्थानमा आज (कात्तिक १०) रातिदेखि बुधबार (कात्तिक १२) बिहानसम्म वर्षा र हिमपातको पूर्वानुमान छ ।

यो अवधिमा कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा पनि हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले सोमबार मध्याह्न पोसट मनसुन विशेष मौसम बुलेटिन जारी गर्दै गण्डकीका उच्चपहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको जनाएको छ ।

हाल देशमा पश्चिमी वायुका साथै अरबसागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको महाशाखाले जनाएको छ ।

“यस प्रणालीले मिति २०८२–०७–१० गते रातिदेखि मिति २०८२–०७–१२ गते बिहानसम्म गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको छ,” महाशाखाले भनेको छ, “साथै, गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको छ ।”

आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह समेत गरेको छ । “सम्भावित हिमपात÷वर्षाको कारणले दैनिक जनजीवन, पर्वतारोहणलगायत कृषि, पर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना भएकोले आवश्यक सतर्कता अपनाउनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ,” महाशाखाले भनेको छ ।