७ असार २०८३, आइतबार

कार्की सरकार पारदर्शिताको पहिलो परीक्षामै असफल : महेश बस्नेत

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० कात्तिक । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको सरकार पारदर्शिताको पहिलो परीक्षामै असफल भएको टिप्पणी गरेका छन् ।

बस्नेतले सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘४६ दिन पुग्दा पनि सुशीला कार्की नेतृत्वको ‘स्वच्छ छवि भनिएको’ सरकारले आफ्ना मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न समेत सकेको छैन, भ्रष्टाचार विरोधी आन्दोलनको नारा दिएर बनेको सरकार पारदर्शिताको पहिलो परीक्षा नै फेल भयो ।’

स्वच्छ छवि र पारदर्शिताको दाबी गर्दै बनेको सरकारले आफ्नो नैतिक प्रतिबद्धता देखाउन नसकेको बस्नेतको धारणा छ ।

कार्की नेतृत्वमा बनेको वर्तमान सरकारले पदभार सम्हालेको करिब डेढ महिनाभन्दा बढी भइसकेको छ । सरकार गठनको प्रारम्भिक चरणमा ‘भ्रष्टाचारविरुद्धको सशक्त सरकार’का रूपमा प्रचार गरिएको थियो । तर मन्त्रीहरूको सम्पत्ति विवरण अझै सार्वजनिक नहुँदा राजनीतिक वृत्तमा प्रश्न उठ्न थालेको छ ।