१७ असार २०८३, बुधबार

मन्त्री पुनले भने– उद्घाटन वा शिलन्यासमा निमन्त्रणा नगर्नुहोला

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफूलाई कुनै पनि औपचारिक कार्यक्रमहरूमा नबोलाउन आग्रह गरेका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् मन्त्री पुनले खासगरी उद्घाटन र शिलान्यास कार्यक्रमका लागि प्रमुख अतिथिको रूपमा निम्तो नपठाउन आग्रह गरेका हुन् ।

मन्त्री पुनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कृपया कसैले पनि र कहिँबाट पनि हालको म मन्त्रीलाई उद्घाटन/शिलन्यास कार्यक्रम, प्रमुख अतिथि हुने जस्ता कुनै पनि औपचारिक कार्यक्रमहरुमा निमन्त्रणा गर्दै नगर्नुहोला ।’

मन्त्री पुनले आफू युनेस्को महासभाको उज्बेकिस्तानमा आयोजना हुने साधारण सभा र ब्रिटिश काउन्सीलले नाइजेरियामा आयोजना गरेको कन्फ्रेन्समा समेत नजाने जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘जानै पर्ने र नगई नहुने मिटिङहरुमा मात्र केही मन्त्रीज्यूहरु विदेश जानु भएको हो । विदेश घुम्यो भनेर हल्ला नगर्नुहोला ।’