
काठमाडौं, १० कात्तिक । हाल देशमा पश्चिमी वायूको साथै अरव सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भू–भागमा साधारणतया आंशिक बदली तथा बाँकी तराई भू–भागमा आंशिक बदली रहनेछ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका एकदुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ ।
त्यसैगरी, आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायतका बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी तराई भू–भागमा आंशिक बदली रहनेछ ।
गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा तथा लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा मध्यम वर्षारहिमपातको सम्भावना रहेको महाशाखाद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ ।








प्रतिक्रिया