२८ जेष्ठ २०८३, बिहिबार

नेपाल अमेरिकासँग पराजित

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ कार्तिक । आईसीसी विश्वकप लिग टु अन्तर्गत यूएई सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ ।

आज भएको खेलमा नेपाल १०६ रनले पराजित भएको हो । अमेरिकाले २६३ रनको लक्ष्य दिएकोमा नेपाल ३९ ओभर १ बलमा १५६ रनमै समेटियो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४० रन बनाए । यस्तै,  आसिफ शेखले ३७, भीम सार्कीले २९, आरिफ शेखले २०  तथा सोमपाल कामीले ११  रन बनाए ।

अमेरिकाका लागि हर्मित सिंहले छ विकेट लिए भने शुबमन रन्जानेले दुई तथा रुशिल उगारकरले एक विकेट लिए । त्यसअघि ‘टस’ हारेर पहिला ‘ब्याटिङ’को निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा छ विकेट गुमाउँदै २६२ रनको योगफल बनाएको थियो ।

अमेरिकाका लागि स्मिथ पटेलले सर्वाधिक ७५ रन बनाए । उनले १०० बलमा नौ चौकाको सहयोगमा ७५ रन बनाएका हुन् । त्यस्तै मिलन्द कुमारले अविजित रहँदै ७० रन बनाए । उनले ५० बलमा छ चौका र दुई छक्का प्रहार गरे । सैतेजा मुक्कामल्लले ४२ र शुभम् रञ्जनेले १९ रन जोडे ।

नेपालका सन्दीप लामिछानेले दुई विकेट लिए भने सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट लिए । जितसँगै अमेरिका २१ खेलमा ३० अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यो  हारसँगै १७ खेलमा १२ अङ्क जोडेको नेपाल सातौँ स्थानमा छ ।