२६ असार २०८३, शुक्रबार

विश्वकप लिग–२ मा आज नेपाल र अमेरिका भिड्दै

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ कात्तिक । आइसीसी विश्वकप क्रिकेट लिग–२ को यूएई शृङ्खलाको पहिलो खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ । यो लिगको ८६ औं खेल हो ।

आइतबार नेपाल बलियो टोली संयुक्त राज्य अमेरिकासँग भिड्न लागेको हो । खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बिहान ११ बजेर १५ मिनेट सुरु हुनेछ ।

नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गरेर यूएई शृङ्खलाको सुरुवात गर्न लागेको हो ।

केही दिन अघि यूएई पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिम अंक तालिकाको ७ औं स्थानमा छ । २० खेल खेलिसकेको अमेरिका भने २८ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

लिग–२ अन्तर्गत युएई र अमेरिकासँगको शृङ्खलाका खेल आइतबारदेखि कात्तिक १९ गते बुधबारसम्म हुँदैछन् ।

नेपालले आफ्नो दोस्रो खेल कात्तिक १३ गते (बिहीबार) युएईसँग खेल्ने तालिका छ ।

यस्तै, शृङ्खलाको तेस्रो खेलमा कात्तिक १५ गते (शनिबार) अमेरिकासँग खेल्ने छ भने शृङ्खलाको अन्तिम खेलमा नेपालले कात्तिक १९ गते (बुधबार) युएईसँग प्रतिस्पर्धा गर्नेछ ।