२८ जेष्ठ २०८३, बिहिबार

काठमाडौं महानगरका यी ८ स्थानमा मनाइनेछ छठ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ कात्तिक । छठ पर्वलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले भक्तजनका लागि आठ वटा स्थान तय गरेको जनाएको छ ।

महानगर प्रहरी बलको कार्यालय, सुन्धारामा आयोजित पत्रकार भेटघाटमा काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले तयारीको अवस्था बारे जानकारी दिएका हुन् ।

उनका अनुसार विगतका वर्ष झैं यस वर्ष पनि महानगरपालिकाले श्रद्धालु भक्तजनलाई सहजताका साथ पूजाआजा गर्न सक्ने गरी तयारी अघि बढाइसकेको छ ।

‘विगतजस्तै काठमाडौं महानगरपालिकाले छठको लागि आठ स्थान तयार गरेको छ । ती स्थानहरूमा सरसफाइदेखि आवश्यक पूर्वाधार तयार गर्ने काम केही दिन अघिदेखि नै सुरु गरिएको छ ।’ पाण्डेले भने ।

यी हुन् छठ पर्वका लागि महानगरपालिकाले तय गरेका आठ स्थानहरू:

१. कमल पोखरी ।

२. गौरीघाट ।

३. बोक्सी दह ।

४. बागमती दोभान ।

५. टंकेश्वर ।

६. बल्खु कुमारी क्लब ।

७. कुलेश्वर भलिबल ग्राउण्ड ।

८. रामघाट ।

साथै, प्रहरी प्रमुख पाण्डेले भक्तजनलाई ती तोकिएका स्थानहरूमा गई सहज र सुरक्षित रूपमा छठ पर्व मनाउन अनुरोध गरे । उनले महानगर प्रहरी बलले भीड व्यवस्थापन, सरसफाइ र सुरक्षाका आवश्यक व्यवस्था मिलाइसकेको जानकारी पनि दिए ।