
काठमाडौं । गायक तथा संगितकार बाबुल गिरी (धनबहादुर)विरुद्ध गायिका नीतु पौडेलको परिवारले शुक्रबार प्रहरीमा जाहेरी दिएको छ ।
गत शनिबार गायिका पौडेलले अनामनगरस्थित गिरीको स्टुडियोमा आत्मदाह प्रयास गरेकी थिइन् ।
गायिका पौडेलको उपचारका क्रममा शुक्रबार बिहान कीर्तिपुरको ‘वर्न अस्पताल’ मा निधन भएपछि उनको परिवारले गिरीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गराएको हो ।
गायिका पौडेल र संगीतकार गिरी झण्डै ७ वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ ।








प्रतिक्रिया