१७ असार २०८३, बुधबार

मुख्यमन्त्री आचार्यद्धारा भाइटीका ग्रहण

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्घाखाँची, ६ कात्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहारको टीका ग्रहण गरेका छन् ।

मुख्यमन्त्री आचार्यले माइली दिदी शान्ता न्यौपाने र बहिनी सरिता पन्थीका हातबाट साइतको टीका ग्रहण गरेका हुन् । भाइ खुबिराम आचार्यसहित मुख्यमन्त्री आचार्यले दिदी–बहिनीका हातबाट टीका ग्रहण गरेका हुन् ।

बिहिबार शुभकामना वक्तव्य जारी गर्दै मुख्यमन्त्री आचार्यले तिहार पर्वले सामाजिक एकता, सद्भाव र भ्रातृत्वको भावना बलियो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए ।

सत्य, न्याय र सकारात्मक सोचतर्फ समाजलाई उन्मुख गराउने तिहारको मूल्य र सन्देशलाई आत्मसात् गर्न सबैलाई उनले आग्रह गरेका हुन् ।