
काठमाडौं, ४ कात्तिक । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीमाथि दुर्व्यवहार गर्ने व्यक्तिको पहिचान खुलेको छ ।
सोमबार साँझ अधिकारी घर जाने क्रममा सातदोबाटोस्थित एन्फा नजिकै आफूलाई जेनजी बताउने अपरिचित युवकले अधिकारीमाथि दुर्व्यवहार गरेका थिए ।
प्रहरीले सिसिटिभी फुटेज हेरेर अनुसन्धान गर्ने क्रममा दुर्व्यहार गर्नेको पहिचान गरेको बताइएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीले घटनामा संलग्नको पहिचान भइसकेको र कारबाहीको दायरामा ल्याइने बताए ।








प्रतिक्रिया