१६ असार २०८३, मंगलबार

सर्लाहीमा नेपाली सेनासहितको संयुक्त गस्ती

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही, ४ कात्तिक । सर्लाहीमा तिहार र छठ पर्वलाई लक्षित गर्दै नेपाली सेनासहितको संयुक्त गस्ती परिचालन गरिएको छ ।

प्रमुख दुई पर्वमा शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना सम्मिलित संयुक्त टोलीले निगरानी बढाएको हो ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठका अनुसार जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सदरमुकाम मलङ्गवा बजारसहित जिल्लाका विभिन्न स्थानमा संयुक्त गस्ती सुरु भइसकेको छ । उनका अनुसार संवेदनशील तथा जोखिमयुक्त क्षेत्रमा नियमित निगरानीका साथै पैदल र सवारी गस्ती दुवै सञ्चालन गरिनेछ ।

प्रहरी, सशस्त्र र सेनाका तीनै सुरक्षा निकायका प्रमुखहरूको नेतृत्वमा चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयन भइरहेको श्रेष्ठले बताए ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले चाडपर्वको समय अन्य व्यक्ति, समुदाय र धर्ममा असर नपर्ने गरी शान्तिपूर्ण वातावरणमा पर्व मनाउन सबैलाई आग्रह समेत गरेका छन् ।