२ असार २०८३, मंगलबार

प्रधानमन्त्रीले आज दलहरुसँग छलफल गर्दै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन सम्बन्धमा आज राजनीतिक दलहरुसँग छलफल गर्ने भएकी छन् ।

कार्कीले राष्ट्रिय मान्यता प्राप्त सात दलका प्रतिनिधिलाई औपचारिक छलफलका लागि बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफल आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुनेछ ।

कार्कीले राष्ट्रिय मान्यता प्राप्त दललाई दुई–दुई जना प्रतिनिधि पठाउन औपचारिक पत्र लेखेकी छन् ।

कार्कीलेले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), रास्वपा, राप्रपा, जसपा र जनमत पार्टीलाई छलफलका लागि बालुवाटार बोलाएकी हुन् ।