११ असार २०८३, बिहिबार

मन्त्रीज्यू, के बोल्या यस्तो ? (भिडिओसहित)

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ कात्तिक । जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारका मन्त्रीहरूको विवादास्पद बयान र सामाजिक सञ्जालमा भाइरल हुने क्रममा मजाकको पात्र बनिरहेका छन् ।

आगामी फागुन २१ गतेलाई तोकिएको चुनावमा केन्द्रित हुनुपर्ने अन्तरिम सरकारका मन्त्रीहरू विवादास्पद बयानमा उल्झिरहेको भन्दै आलोचना पनि बढेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले मन्त्रीहरूको अमर्यादित टिप्पणी जिम्मेवार पदमा बस्नेहरूलाई शोभा नदिने टिप्पणी गरिरहेका छन् ।

यसैक्रममा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पत्रकारहरूको कामको बारेमा गरेको एक अभद्र टिप्पणी सामाजिक सञ्जालमा भाइरल भएको हो ।

आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले पत्रकारहरूको काम नै प्रश्न गर्दै विवादास्पद अभिव्यक्ति दिएका हुन् ।

‘पत्रकारहरूको काम भनेको के भइराखेको छ भने, कहाँ कसले के लगाएको छ ? के खाएको छ ? कसले कहाँ हग्यो ? कसले कहाँ पाद्यो, कसले कहाँ गएर मुत्यो ? भन्ने कुराहरू मात्रै हेरेको जस्तो लाग्यो क्या !,’ मन्त्री पुनले भने ।

उनको यो अभिव्यक्तिको भिडियो क्लिप भाइरल भइरहेको हो । मन्त्री पुन हासोको पात्र बनेका हुन् ।

मन्त्री पुनको यो टिप्पणी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मन्त्री बनेपछि करोडौं पर्ने रोलेक्स घडी लगाएको चर्चाको सन्दर्भमा आएको थियो ।

पुनले आफूलाई पनि मन्त्री बन्नुअघि रोलेक्स घडी उपहार आएको तर आफूले नलगाएको उल्लेख गरेका थिए ।