
–अन्जनी कुमार अधिकारी
उदयपुर, ३ कात्तिक । उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेकी एक बालिका दूधकोशीमा डुबेर बेपत्ता भएकी छन् ।
आज सोमबार बिहान चौदण्डीगढी नगरपालिका–८ डुङ्ग्रेमा खेल्न गएका दुई जना मध्ये एक जना बालिकालाई नदीले बगाएको प्रहरीले जनाएको छ ।
साथीसँग नुहाउन गएकी त्रियुगा नगरपालिका–१४ साउनेका अर्जुन तामाङकी सात वर्षीया छोरी अनुशा तामाङ चौदण्डीगढी नगरपालिका–८ कम्पुघाटस्थित दूधकोशी नदीमा डुबेर बेपत्ता भएको उदयपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंले जानकारी दिए ।
बालिका बेपत्ता भएको खबर प्राप्त हुनासाथ साउने चौरबाट प्रहरीको टोली घटनास्थल पुगेर स्थानीयको सहयोगमा खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ ।
बेपत्ता बालिका नदीले बगाएर सप्तकोशीसम्म पुर्याउन सक्ने भन्दै बेलका नगरपालिका कोठुबाट समेत प्रहरी सप्तकोशी नदीमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।








प्रतिक्रिया