
काठमाडौं, ३ कात्तिक । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ लाख ५३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ सय रुपैयाँले बढेर २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आइतबार तोलामा ३ हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर ३२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।








प्रतिक्रिया