१९ असार २०८३, शुक्रबार

केपी ओलीको अपराध : राष्ट्र नझुकाउने दृढ अडान

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–गुरुप्रसाद भट्टराई

नेपालको राजनीति असाधारण मोडहरूबाट गुज्रिएको छ । पटक–पटक जनताको संघर्ष, विदेशी हस्तक्षेप, षड्यन्त्र र प्रतिरोधका लहरमा नेपालको अस्तित्व परीक्षित हुँदै आएको छ । यिनै उतार चढावका बीच एउटा नाम निरन्तर राष्ट्रिय स्वाभिमान, राजनीतिक दृढता र आत्मनिर्भर नेपालको सपना बोकेर अगाडि बढेको देखिन्छ– त्यो नाम हो केपी शर्मा ओली ।

तर विडम्बना के छ भने– आज यही नामलाई नियोजित रूपमा बदनाम गर्ने, विभाजनको राजनीति खेल्ने, राष्ट्रवादी धारालाई कमजोर पार्ने र विदेशी स्वार्थका लागि प्रयोग गर्ने प्रयास भइरहेका छन् ।

यस्ता बेला प्रश्न उठ्नु स्वाभाविक छ, आखिर ओली को अपराध के हो ? के ओलीले देश नझुकाउने अपराध गरे ? के विदेशी स्वार्थका सामु टाउको नझुकाउने अपराध गरे ? के जनतालाई आत्मनिर्भर बनाउने सपना देख्ने अपराध गरे ?

१. बाल्यकालदेखि लोकतन्त्रका लागि निरन्तर संघर्ष

नेपालमा धेरै नेताहरू सत्ता नजिक भएपछि मुलुकसामु चिनिन्छन् , तर ओलीको राजनीतिक यात्रा बाल्यकालमै सुरु भएको थियो । १३ वर्षको उमेरमा उनले तत्कालीन निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध आवाज उठाए । त्यो समय सजिलो थिएन, बोल्नु मात्र पनि अपराध थियो, विरोध त झन जोखिमपूर्ण ।

नेपालमा धेरै नेताहरू सत्ता नजिक भएपछि मुलुकसामु चिनिन्छन् , तर ओलीको राजनीतिक यात्रा बाल्यकालमै सुरु भएको थियो । १३ वर्षको उमेरमा उनले तत्कालीन निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध आवाज उठाए । त्यो समय सजिलो थिएन, बोल्नु मात्र पनि अपराध थियो, विरोध त झन जोखिमपूर्ण । यसै आवाजका कारण उनलाई पञ्चायतले गिरफ्तार गर्‍यो, ज्यान मुद्दा लगायो र  आजसम्म कुखुरा पनि नमारेका ओलीलाई त्यही मुद्दामा झन्डै १४ वर्षसम्म कारावासमा राखियो । त्यो पनि सामान्य जेल जीवन होइन, निरन्तर यातना, शारीरिक र मानसिक पीडा, निगरानी, र सामाजिक एक्लोपन । पटक–पटक जेल सारको नाममा हत्या गर्ने प्रयास गरियो । जीवनमा धेरै पटक मृत्युको नजीक पुगेर फर्केका कारण पनि ओलीको आत्मबल मजबुत छ, स्मरण शक्ति अभूतपूर्व छ । निडर र दृढ स्वभाव छ ।

पञ्चायतको कठोर जीवनका वीच पनि उनले हार मानेनन् । बरु यही संघर्षले उनलाई परिपक्व राजनीतिक सोच र राष्ट्रवादी दृष्टिकोणको मार्गमा डोर्‍यायो । कसैको आडमा होइन, आफ्नै दृढता र विचारको बलमा उनी राजनीतिको अग्रभागमा आइपुगे । यस संघर्षले देखाउँछ, ओलीको राजनीति पदका लागि होइन, मूल्य र सिद्धान्तका लागि थियो र छ ।

२. विभाजनकारी राजनीतिविरुद्ध अडान

नेपाल बहुभाषिक, बहुजातीय, बहुधार्मिक देश हो । यो विविधता नै यसको शक्ति हो तर यही विविधतालाई विदेशी शक्तिहरू र केही आन्तरिक दलाल समूहहरूले दुर्बलताको रूपमा प्रयोग गर्दै आएका छन् । जातीय, धार्मिक, क्षेत्रीय आधारमा देश टुक्र्याउने योजना पटक पटक बन्दै र विफल हुँदै आएको छ । त्यस्ता कठिन समयमा ओलीले बारम्बार राष्ट्रलाई एकताबद्ध राख्ने भूमिका खेले ।

ओलीले विभाजनकारी नारा, पृथकतावादी राजनीतिक एजेन्डा र विदेशी नियोजनको खुला विरोध गरे । उनको स्पष्ट भनाइ थियो, “नेपाल कुनै जातिको होइन, कुनै धर्मको होइन, यो सम्पूर्ण नेपालीहरूको साझा घर हो ।” यस अडानले धेरैलाई असहज बनायो, किनभने उनीहरूका लागि विभाजन नै आफ्नो राजनीतिक अस्तित्वको आधार थियो । तर राष्ट्रलाई एकताबद्ध राख्न सक्ने नेतामा ओली अग्रपंक्तिमा देखिए ।

३. नाकाबन्दी विरुद्ध ऐतिहासिक प्रतिरोध

सन् २०१५ को भारतीय नाकाबन्दी नेपालको इतिहासमा एउटा अपराधपूर्ण र पीडादायी अध्याय थियो । त्यही समयमा प्रधानमन्त्रीको रूपमा ओलिले देशको नेतृत्व गरे । नाकाबन्दी केवल इन्धन, औषधि र जनजीवनमा पर्ने प्रत्यक्ष असर मात्र थिएन,  त्यो राष्ट्रिय सार्वभौमिकतामा क्रुर प्रहार थियो । त्यो समयमा धेरैले भारतसँग झुकेर “समझदारी” गर्ने बाटो रोज्न सुझाएका थिए । तर ओली झुकेनन् । उनले स्पष्ट सन्देश दिए,  “नेपालले आफ्नो निर्णय आफैं गर्छ, विदेशी दबाबमा होइन ।”

सन् २०१५ को भारतीय नाकाबन्दी नेपालको इतिहासमा एउटा अपराधपूर्ण र पीडादायी अध्याय थियो । त्यही समयमा प्रधानमन्त्रीको रूपमा ओलिले देशको नेतृत्व गरे । नाकाबन्दी केवल इन्धन, औषधि र जनजीवनमा पर्ने प्रत्यक्ष असर मात्र थिएन,  त्यो राष्ट्रिय सार्वभौमिकतामा क्रुर प्रहार थियो । त्यो समयमा धेरैले भारतसँग झुकेर “समझदारी” गर्ने बाटो रोज्न सुझाएका थिए । तर ओली झुकेनन् । उनले स्पष्ट सन्देश दिए,  “नेपालले आफ्नो निर्णय आफैं गर्छ, विदेशी दबाबमा होइन ।”

यसैबेला ओलीले चीनसँग पारवाहन तथा व्यापार सम्झौता गरे, जसले नेपाललाई पहिलो पटक समुद्रसम्मको वैकल्पिक मार्ग उपलब्ध गरायो । यो कदम केवल नाकाबन्दीको जवाफ मात्र होइन, दीर्घकालीन रणनीतिक स्वाधीनताको सुरुवात थियो ।

४. विपद्को बेलामा अडिग नेतृत्व

ओलीको शासनकाल विभिन्न संकट र विपद्को समयसँगै जोडिएको छ ।

–विनाशकारी सन् २०१५ को भूकम्प

–नाकाबन्दी

–कोभिड–१९ महामारी

–भिषण बाढी, पहिरो र आर्थिक अस्थिरता

यी सबै संकट कुनै पनि सरकारलाई हल्लाउन पर्याप्त हुन्थे । तर ओलीले दृढ नेतृत्व देखाए । भूकम्पपछि पुनर्निर्माणलाई गति दिने, कोभिडको समयमा सीमित स्रोतमा स्वास्थ्य पूर्वाधारलाई चलायमान राख्ने, प्राकृतिक विपद्का बेला राहत कार्यलाई तिव्र पार्ने, यी सबै काम सहज थिएनन् ।

यसै अवधिमा ओलीले देश विकासका योजनालाई रोकेनन् ।  सडक, पुल, सुरुङ, अस्पताल, विद्युत् आयोजना, पूर्वाधार निर्माण निरन्तर अगाडि बढाए । ओलीको यस दृढताले देखायो, नेतृत्व भनेको केवल भाषण मात्र होइन, संकटमा मार्ग देखाउनु हो ।

५. राष्ट्रिय हितका ऐतिहासिक सम्झौता

नेपालको विदेश नीतिमा दशकौं देखिको एकमुखी झुकावलाई तोडेर ओलीले नयाँ अध्याय सुरु गरे ।

–चीनसँग पारवाहन तथा व्यापार सम्झौता गरेर नेपालले पहिलोपटक एक मात्र वैदेशिक मार्गमा निर्भरता अन्त्य गर्ने बाटो खोल्यो ।

–बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता गरी नेपाललाई क्षेत्रीय पूर्वाधार नेटवर्कमा जोड्ने निर्णय गरियो ।

–भारतले कब्जा गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालको हो भनेर आधिकारिक नक्सा सार्वजनिक गरियो ।

यो कदम कुनै सामान्य नीतिगत निर्णय थिएन । यो दशकौंदेखि मौन बस्दै आएको राष्ट्रिय मुद्दामा स्पष्ट अडान थियो । धेरैले यसलाई “नक्कली राष्ट्रवादको प्रदर्शन” भनेर व्यंग्य गरे, तर वस्तुतः यो स्वाधीनताको उद्घोष थियो ।

त्यसबाहेक, रेलमार्ग विकास गर्ने प्रयास, दैलेखमा पेट्रोलियम अन्वेषण, धौबाधीमा फलाम उत्खननको पहल, यी सबै आत्मनिर्भर नेपालका सपना हुन् । विदेशी इन्धन र कच्चा पदार्थमा निर्भर देशलाई आफ्नै स्रोत प्रयोग गर्ने बाटो देखाउनु राष्ट्रवादी दृष्टिकोण हो ।

६. आर्थिक स्थायित्व र तीव्र विकास

राजनीतिक अस्थिरता, नाकाबन्दी र महामारीबीच पनि ओलीको शासनकालमा अर्थतन्त्र अपेक्षाकृत स्थिर रह्यो ।

–बजेटमा प्राथमिकता विकास पूर्वाधारमा दिइयो ।

–जलविद्युत् उत्पादनमा ऐतिहासिक वृद्धि भयो ।

–आन्तरिक पर्यटन र लगानीमा वृद्धि देखियो ।

–विदेशी ऋणभन्दा आन्तरिक स्रोतमा भर पर्ने नीति अघि बढाइयो ।

ओली प्रधानमन्त्री हुँदा आर्थिक आत्मविश्वास बढेको थियो । विकास निर्माणका योजनाले जनस्तरमा आशा जगाएको थियो । यही आर्थिक आत्मनिर्भरता विदेशी स्वार्थ समूहलाई असहज बनाउने कारण बन्यो ।

ओली प्रधानमन्त्री हुँदा आर्थिक आत्मविश्वास बढेको थियो । विकास निर्माणका योजनाले जनस्तरमा आशा जगाएको थियो । यही आर्थिक आत्मनिर्भरता विदेशी स्वार्थ समूहलाई असहज बनाउने कारण बन्यो ।

७. ओलीको अपराध : राष्ट्र नझुकाउने !

अब प्रश्न उठ्छ– यस्तो व्यक्तिले के अपराध गर्‍यो ?

ओलीको ‘अपराध’ भनेकै विदेशी दबाबमा नझुक्नु हो । विदेशी हस्तक्षेपका अगाडि आत्मसम्मानका साथ उभिनु हो । राष्ट्रवादी दृष्टिकोणलाई व्यवहारमा उतार्नु हो ।

ओलीको ‘अपराध’ भनेकै विदेशी दबाबमा नझुक्नु हो । विदेशी हस्तक्षेपका अगाडि आत्मसम्मानका साथ उभिनु हो । राष्ट्रवादी दृष्टिकोणलाई व्यवहारमा उतार्नु हो ।

विदेशी स्वार्थ समूह र दलाल राजनीतिक शक्तिहरूका लागि यस्तो नेता असहज हुन्छ किनभने उनीहरूलाई झुक्ने, कम्फरटेबल बनिदिने र सहमति जनाउने नेता चाहिन्छ, आत्मनिर्भर नेपालको सपना देख्ने होइन । त्यसैले ओलीमाथि प्रचारको बाढी ल्याइयो , कहिले “तानाशाह” भनियो, कहिले “अहंकारी” भनियो, कहिले “अलोकतान्त्रिक” भनेर चित्रित गरियो । तर वास्तविकता चाहिँ ओली दृढ अडान भएका राष्ट्रवादी नेता हुन् ।

८. षड्यन्त्रः राष्ट्रवादी धारलाई कमजोर पार्ने प्रयास

ओलीको राजनीतिक यात्रा केवल पार्टी नेतृत्वको विषय होइन, त्यो राष्ट्रवादी धारको प्रतिनिधित्व हो । त्यही कारण विदेशी स्वार्थ समूह, विभाजनकारी राजनीति र दलाल वर्ग एकै ठाउँमा आएर उनको राजनीतिक छवि कमजोर पार्ने अभियानमा लागे । यो अभियान केवल व्यक्तिविरुद्ध होइन, आत्मनिर्भर र स्वाधीन नेपालको विरुद्ध थियो । सडकमा आगो बाल्ने, देशका महत्वपूर्ण संरचना खरानी बनाउने, द्वेष फैलाउने, प्रचारका माध्यमबाट उनको छवि धुमिल पार्ने, यी सबै कार्य योजनाबद्ध छन् । ओलीमाथि भएको आक्रमण देख्दा स्पष्ट हुन्छ– लक्ष्य केवल ओली होइन, ओलीको राष्ट्रवादी दृष्टिकोण र समृद्ध नेपालको सपना देख्नु हो ।

९. राजनीतिक परिपक्वता र राष्ट्रप्रेमको संयोजन

नेपालमा धेरै नेता आएका र गएका छन् । तर केही नेताले मात्र राष्ट्रवादी दृष्टिकोणलाई कार्यनीतिक योजनामा रूपान्तरण गर्न सकेका छन् । ओलिले त्यो गरे । राष्ट्रवादी भाषण धेरैले दिन सक्छन्, तर त्यसलाई व्यवहारमा उतार्न साहस चाहिन्छ ।

–नाकाबन्दीमा नझुक्नु

–चीनसँग मुलुक हितमा सम्झौता गर्नु

–गुमेको नेपाली भूमी दाबी गर्नु

–आत्मनिर्भर अर्थतन्त्रतर्फ कदम चाल्नु

यी निर्णयहरूले केवल लोकप्रियता मात्र होइन, जोखिम पनि बोकेका थिए । तर उनले त्यस जोखिमलाई स्वीकार गरे ।

१०. जनताको भावनामा ओलीको स्थान

नेता कसरी जनताको मनमा बस्छ ? पदले होइन, संकटमा जनताको साथमा उभिएर । ओलीले संकटका बेला राष्ट्रको नेतृत्व गरे । उनले जनताको भावनामा राष्ट्रप्रेम र आत्मनिर्भरताको बीउ रोपे ।

नेता कसरी जनताको मनमा बस्छ ? पदले होइन, संकटमा जनताको साथमा उभिएर । ओलीले संकटका बेला राष्ट्रको नेतृत्व गरे । उनले जनताको भावनामा राष्ट्रप्रेम र आत्मनिर्भरताको बीउ रोपे । त्यही कारण जनताले उनलाई केवल नेता होइन, राष्ट्रवादी र विकासवादी प्रतीकको रूपमा हेर्ने गर्छन् । त्यसै भएर दलाल र विदेशी स्वार्थ समूहहरूले यसै प्रतीकलाई भत्काउने प्रयास गरिरहेका छन् । किनभने आत्मनिर्भर राष्ट्रले उनीहरूको नियन्त्रण कमजोर पार्छ ।

११. आलोचना र लोकतान्त्रिक स्वीकार्यता

ओली पनि मानव हुन् । उनले गल्ती गर्दै गर्दैनन् भन्ने होइन । निर्णयमा कमजोरीहरू पनि भएका छन् । तर उनको राष्ट्रवादी र विकासवादी दृष्टिकोणलाई लिएर गरिएको नियोजित चरित्र हत्या र राजनीतिक प्रचार भने अस्वीकार्य छ । लोकतन्त्रमा आलोचना हुन्छ, र त्यो स्वस्थ चिन्ह हो । तर विकास, राष्ट्रवाद र स्वाधीनतालाई कमजोर पार्ने आलोचना राष्ट्रघाती हुन्छ । यही भिन्नता बुझ्नु आजको राजनीतिक चेतनाको मर्म हो ।

१२. इतिहासले दिनेछ कठोर फैसला

राजनीतिक प्रचार र हल्लाले केही समयका लागि जनमत भ्रमित पार्न सक्छ । तर इतिहासले सधैं सत्यलाई उजागर गर्छ ।

आज जसरी ओलीको योगदानलाई खुइल्याउने प्रयास भइरहेको छ, त्यो अस्थायी हो । जसरी धेरै ऐतिहासिक व्यक्तित्वहरू आफ्नो समयमा विवादित थिए तर इतिहासमा आदर्शका रूपमा स्थापित भए, त्यस्तै ओलीको योगदान पनि समयसँगै मूल्याङ्कन हुनेछ ।

राष्ट्रवादी दृष्टिकोणमाथि आक्रमण

आज ओलीको नाममा आगो बाल्ने, द्वेष फैलाउने, विभाजन गर्ने प्रयास भइरहेको छ । तर वास्तविकता के हो भने, यो ओलीकाविरुद्ध मात्र होइन, स्वाधीन नेपालको विरुद्ध भिषण षडयन्त्र पनि हो ।

आज ओलीको नाममा आगो बाल्ने, द्वेष फैलाउने, विभाजन गर्ने प्रयास भइरहेको छ । तर वास्तविकता के हो भने, यो ओलीकाविरुद्ध मात्र होइन, स्वाधीन नेपालको विरुद्ध भिषण षडयन्त्र पनि हो । राष्ट्र नझुकाउने, आत्मनिर्भर बनाउने, विदेशी हस्तक्षेपविरुद्ध अडान लिने यही ‘अपराध’का कारण ओलीमाथि नियोजित हमला भइरहेको छ ।

राष्ट्रको स्वाभिमान कुनै व्यक्ति वा दलको सम्पत्ति होइन । यो सम्पूर्ण नेपालीको गौरव हो । जसले यस गौरवको रक्षा गर्छ, उसलाई इतिहासले कहिल्यै हराउँदैन ।

ओलीको अपराध के हो ?

उत्तर– देश नझुकाउनु, आत्मनिर्भर नेपालको सपना देख्नु, र विदेशी दबाबको सामु नथाक्नु ।