१५ असार २०८३, सोमबार

कांग्रेसभित्रको गुटबन्दी बन्द गर्दै विगतका मापदण्ड बदल्नुपर्छ : चन्द्र भण्डारी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ कात्तिक । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको गुटबन्दी बन्द गर्नुर्नेमा जोड दिएका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले विगतका मापदण्ड बदलेर गुटबन्दी अन्त्य गर्नुपर्ने बताए । उनले अब पार्टीभित्र नाटक र अलमल गर्ने समय नभएको पनि बताए ।

उनले भनेका छन्, ‘विगतका मापदण्ड बदल्नु पर्दछ । गुटका दुकान बन्द गर्दै विचारका दुकान खोल्नु पर्दछ । नाटक अब चल्दैन । नेतृत्व कसिमा उत्रनु पर्दछ । अब अलमल गर्नु हुँदैन । खरानी हात परेको छ । सफा अब गर्नै पर्दछ ।’