३० जेष्ठ २०८३, शनिबार

भक्तपुरबाट हतियारसहित एक जना पक्राउ

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, २ कात्तिक । जिल्ला प्रहरी कार्यालयले हातहतियार खरखजना कसुरमा एक पुरुषलाई पक्राउ गरेको छ ।

मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीको सुकुम्बासी बस्तीमा बस्ने ४० वर्षीय गोपाल विकलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुले जानकारी दिए । पक्राउ परेका विकको साथबाट ५.५६ केएफ १३ लेखिएको लिभर राउण्ड सात थान बरामद गरिएको छ ।

पक्राउ परेका विकमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।