२१ असार २०८३, आइतबार

प्रचण्डको दाबी– अन्तरिम सरकार ओलीकै सिफारिसमा गठन भएको हो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ कात्तिक । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले हालको अन्तरिम सरकार निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गठन भएको बताएका छन् ।

शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको शुभ दीपावलीको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले हालको सरकार ‘हाहा–हुहु’मा बनेको भन्ने टिप्पणी झुटो भई ओलीकै सिफारिसमा बनेको दाबी गरेका हुन् ।

उनले भने, ‘मैले पहिले पनि भनेको छु– यो सरकार पहिलेका प्रधानमन्त्री केपी ओली काम चलाउ प्रधानमन्त्री भएको बेलामा ओलीकै सिफारिसमा बनेको सरकार हो । हाहा–हुहुमा बनेको भनेर जे भनिएको छ, त्यो झुट हो, सत्य होइन ।’

प्रचण्डले राष्ट्रपतिलाई अन्तरिम सरकार गठनका लागि सिफारिस गर्ने व्यक्तिले अहिले अन्यथा बोलिरहेको भन्दै सिफारिसको चिठी हेरेको पनि बताए ।

उनले भने, ‘हामीले उहाँले पठाएको चिठी हेरेका थियौँ । राष्ट्रपतिलाई अन्तरिम सरकार गठनका लागि सिफारिस गर्ने व्यक्तिले अहिले अन्यथा बोलेर हुँदैन ।’

प्रचण्डले अन्तरिम सरकारको काम निर्वाचन गराउने भएकाले त्यसलाई छाडेर अर्को नारा उठाउन थाले देशमा अराजक दुर्घटना निम्ताउने बताए ।