३० असार २०८३, मंगलबार

जेनजी आन्दोलनपछि पहिलोपटक च्यासल पुगे अध्यक्ष ओली (तस्वीरहरु)

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ललितपुरको च्यासलस्थित पार्टी कार्यालय पुगेका छन् ।

जेनजी आन्दोलनपछि अध्यक्ष ओली आज पहिलोपटक पार्टी कार्यालय च्यासल पुगेका हुन् । जेनजी आन्दोलनको क्रममा २४ भदौमा पार्टी कार्यालयमा आगजनी र तोडफोड भएको थियो ।

पार्टीको समन्वय कमिटीको भेटघाट तथा चियापान कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली च्यासल पुगेका हुन् । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, युवराज ज्ञवाली लगायत नेता कार्यकर्ता सहभागी छन् ।