२९ जेष्ठ २०८३, शुक्रबार

सुरक्षा चुनौतीको सामना गर्दै नागरिक सुरक्षाको जिम्मेवारी पूरा गर्नुको विकल्प हामीसँग छैन : खापुङ्ग

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले ७०औं प्रहरी दिवस २०८२ को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

शुक्रबार परेको ७०औं प्रहरी दिवसको अवसरमा शुभकामना दिँदै उनले जेनजी आन्दोलन पछिको सुरक्षा चुनौतीको डटेर सामना गर्दै आफ्नो उत्तरदायित्व र जिम्मेवारी पूरा गर्न संगठनका सकल दर्जाका प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् । उनले हालको कठिन परिस्थितिमा उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीको डटेर सामना गर्दै नागरिक सुरक्षाको गहन जिम्मेवारी पूरा गर्नुको विकल्प नभएको पनि बताए ।

‘भाद्र २३ र २४ गते भएका अप्रिय घटनाहरु पश्चातको कठिन परिस्थितिमा उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीको डटेर सामना गर्दै नागरिक सुरक्षाको गहन जिम्मेवारी पूरा गर्नुको विकल्प हामीसँग छैन,’ उनले थप भने, ‘यसर्थ, कुनै घटनाक्रमबाट हतोस्साहित नभई देश र नागरिकप्रतिको आफ्नो उत्तरदायित्व र जिम्मेवारी पूरा गर्न तथा तमाम अभाव र कठिनाईका बाबजुद नेपाल प्रहरीको उपस्थिति सशक्त बनाउन संगठनका सकल दर्जाका प्रहरी कर्मचारीहरुलाई निर्देशित गर्दछु ।’

प्रहरी ऐन २०१२ जारी भएसँगै नेपाल प्रहरीको विधिवत स्थापना भएको अवसरमा सगौरव मनाइदै आएको प्रहरी दिवसको ७०औं संस्करण मनाइरहँदा उनले नेपाल प्रहरीका वीर सहिदहरुप्रति श्रदाञ्जली अर्पण गरे ।

महानिरीक्षक खापुङ्गले जेनजी आन्दोलनको घटनाक्रम पश्चात उत्पन्न भएका परिस्थितिहरुमा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका प्रहरीका भौतिक संरचनाहरुको पुनः निर्माण कार्यमा जनसमुदायबाट प्राप्त भएको सहयोगको लागि समेत आभार व्यक्त गरे ।

‘यसै सन्दर्भमा सोही घटनाक्रम पश्चात उत्पन्न भएका परिस्थितीहरुमा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका प्रहरीका भौतिक संरचनाहरुको पुनः निर्माण कार्यमा आम जनसमुदायबाट प्राप्त भएको सहयोग र सहहृदर्यताका लागि समस्त नागरिकहरुमा हार्दिक आभार व्यक्त गर्दछु,’ उनले भने ।