२२ जेष्ठ २०८३, शुक्रबार

एमाले केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक सुरु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असोज । नेकपा (एमाले)को १०औं केन्द्रीय कमिटी बैठक आज तेस्रो दिन पनि जारी छ ।

ललितपुरको जावालाखेलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आफ्ना धारणा र सुझाव राखिरहेका छन् ।

प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आजको बैठकमा करिब १५० जना केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्ने छन् ।

आजको बैठकमा पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारीहरुले आफ्ना धारणा राख्ने छन् ।

‘बोल्न बाँकी नेताहरुलाई पनि तीन मिनेट कै समय उपलब्ध हुन्छ’ प्रमुख गौतमले भने, ‘बैठकको अन्त्यमा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरुबाट आएका जिज्ञासाको एकमुष्ट जवाफ दिएर बैठक समापन हुन्छ ।’

आज बोल्न बाँकी रहेका केन्द्रीय सदस्य र पदाधिकारीहरुले आफ्ना धारणा राखेपछि बैठक समापन हुनेछ ।

जेनजी आन्दोलनपछि उत्पन्न विषम राजनीतिक परिस्थितीको छलफल गर्नका लागि एमालेले विशेष बैठक बोलाएको हो । बैठकले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा ११ औं महाधिवेशन गर्ने निर्णय गर्ने बताइएको छ ।