११ असार २०८३, बिहिबार

एमाले केन्द्रीय कमिटी बैठक आज समापन हुँदै

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असोज । नेकपा (एमाले)को जारी १०औं बैठकको तेस्रो दिन आज बोल्न बाँकी रहेका केन्द्रीय सदस्य र पदाधिकारीहरुले आफ्ना धारणा राखेर सकिनेछ ।

प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आजको बैठकमा करिब १५० जना केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्ने छन् । आफ्ना धारणा राख्न काँकी करिब ५० जना केन्द्रीय सदस्य छन् ।

आजको बैठकमा पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारीहरुले आफ्ना धारणा राख्ने छन् । एमालेमा स्थायी र पदाधिकारीसहित ९९ जना नेताहरु रहेका छन् ।

‘बोल्न बाँकी नेताहरुलाई पनि तीन मिनेट कै समय उपलब्ध हुन्छ’ प्रमुख गौतमले भने, ‘बैठकको अन्त्यमा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरुबाट आएका जिज्ञासाको एकमुष्ट जवाफ दिएर बैठक समापन हुन्छ ।’

बैठकमा प्रस्तुत अध्यक्ष ओलीको विशेष प्रस्तावमा केन्द्रीय सदस्यहरुले दिएका सुझाव, वर्तमान राजनीतिक परिस्थिति, घोषित निर्वाचन र पार्टीको आगामी बाटो र पार्टीका नेता कार्यकर्ताहरुको भूमिका लगायतका बारेमा विशेष निर्देशन दिने गौतमले जानकारी दिए ।

ललितपुरको जावलाखेलस्थित रामबाघ महलमा तीन दिनदेखि केन्द्रीय कमिटीको बैठक जारी छ । जेनजी आन्दोलनपछि उत्पन्न विषम राजनीतिक परिस्थितीको छलफल गर्नका लागि एमालेले विशेष बैठक बोलाएको हो । बैठकले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा ११ औं महाधिवेशन गर्ने निर्णय गर्दैछ ।

आजको बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले समसामयिक प्रस्तावहरु पनि प्रस्तुत गर्नेछन् ।