२३ असार २०८३, मंगलबार

मधेसका नवनियुक्त मुख्यमन्त्री सोनलको शपथ आज

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही, ३० असोज । मधेस प्रदेशमा नयाँ सरकार गठनसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्रप्रसाद सोनल आज मुख्यमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन् ।

बुधबार साँझ प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी थिइन् ।

सोनलले बुधबार बिहान दाबी पेश गरेका थिए । जसमा जसपा नेपालका १९, जनमतका १३, माओवादी केन्द्रका ९, लोसपाका ८ र नेकपा (एकीकृत समाजवादी)का ७ जना गरी ५६ सांसदको समर्थन रहेको उल्लेख छ ।

बहुमतका लागि आवश्यक ५४ भन्दा दुई बढी समर्थन प्राप्त भएपछि उनलाई सरकार गठनको जिम्मेवारी दिइएको हो ।

बारा–४ (ख)बाट निर्वाचित सोनल यसअघि मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्रीका रूपमा कार्यरत रहेका थिए । आठ वर्षको अवधिमा उनी प्रदेशका चौथो मुख्यमन्त्री बनेका हुन् ।

सोनल नेतृत्वको गठबन्धनमा जसपालाई चार, जनमतलाई तीन, माओवादी केन्द्रलाई दुई, लोसपा र नेकपा (एस) लाई एकएक मन्त्रालय दिने सहमति भएको स्रोतले जनाएको छ । यसअघि मुख्यमन्त्री रहेका जनमत पार्टीका शतिस कुमार सिंहले समर्थन फिर्ता भएपछि राजीनामा दिएका थिए ।