३२ असार २०८३, बिहिबार

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो बस्दैछ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।

केन्द्रीय समिति बैठकअघि बिहान कार्यसम्पादन समितिको बैठक बस्ने कांग्रेसले जनाएको छ ।

बुधबार कार्यसम्पादन समितिको बैठक बसेर एजेन्डाहरू तय गरिने भने पनि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफ्ना समूहका नेताहरुसँग मात्र परामर्श गरेका थिए ।

सभापति निर्वाचित भएपछि शेरबहादुर देउवाले गुटगत बैठक राखेका थिएनन् । बुधबारको बैठकमा संस्थापन पक्षका नेताहरूसँग अगाडि बढ्नेबारे छलफल गरेका हुन् ।

एजेन्डा तय गर्न बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले महाधिवेशनसम्बन्धी तालिकामा सहमति नजुट्दा पटक–पटक बैठक स्थगित हुँदै आएको छ ।

सभापति देउवाले कार्यवाहक तोकेकाले आजको बैठक खड्काको अध्यक्षतामा बस्न लागेको हो ।