
काठमाडौं, २९ असोज । सभामुख देवराज घिमिरे र प्रतिनिधि सभामा प्रतिनिधित्व गरेका दलहरूबीचको छलफल सिंहदरबारमा सुरु भएको छ ।
प्रतिनिधि सभा विघटनको विषयमा दलहरूको धारणा बुझ्नको लागि सभामुख घिमिरेले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा छलफलका लागि दलहरूलाई बोलाएका हुन् ।
छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपाका प्रतिनिधि सहभागी हुँदा रास्वपाका प्रतिनिधि भने अनुपस्थित भएका छन् ।
दलहरूसँगको धारणा लिएपछि पूर्वमहान्यायाधिवक्ता, नेपाल बार एशोसिएसन, सर्वोच्च बार लगायतका पदाधिकारीसँग छलफल गर्ने सभामुखको तयारी छ ।










प्रतिक्रिया