३१ असार २०८३, बुधबार

संसद् विघटनको विषयमा दलहरूसँग छलफल गर्दै सभामुख

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असोज । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा प्रतिनिधित्व गरेका दलहरूलाई छलफलका लागि बोलाएका छन् ।

बुधबार बिहान ९ बजे प्रतिनिधि सभा विघटनको विषयमा दलहरूको धारणा बुझ्नको लागि उनले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा छलफलका लागि दलहरूलाई बोलाएका हुन् ।

दलका प्रतिनिधिहरूलाई छलफलमा आउँदा पार्टीको आधिकारिक धारणा लिएर आउन पनि भनिएको छ । दलहरूसँगको धारणा लिएपछि पूर्वमहान्यायाधिवक्ता, नेपाल बार एशोसिएसन, सर्वोच्च बार लगायतका पदाधिकारीसँग छलफल गर्ने सभामुखको तयारी छ ।