६ श्रावण २०८३, बुधबार

विशेष महाधिवेशन माग गर्दै काँग्रेसमा ५३ प्रतिशतले गरे हस्ताक्षर

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असोज । नेपाली काँग्रेसमा विशेष महाधिवेशन माग गर्दै पार्टी प्रतिनिधिहरूको ५३ प्रतिशत हस्ताक्षर संकलन गरिएको छ। उक्त हस्ताक्षर भोलि केन्द्रीय समितिको बैठकअघि पार्टी केन्द्रीय कार्यालयमा दर्ता गरिने तयारी भएको छ।

महामन्त्रीद्वय गगन थापा र डा. शेखर कोइराला निकट नेताहरूले सभापति शेरबहादुर देउवालाई हटाउने उद्देश्यसहित हस्ताक्षर अभियान सुरु गरेका थिए। आज बुझाउने तयारी भए पनि कार्यसम्पादन समितिको बैठक स्थगित भएपछि भोलिसम्मका लागि रोकिएको हो ।

केन्द्रीय महाधिवेशनका कम्तीमा ४० प्रतिशत सदस्यले विशेष बैठक माग गरे तीन महिनाभित्र बैठक बोलाउनुपर्ने व्यवस्था छ।