२८ असार २०८३, आइतबार

सुन तस्करी प्रकरण : पूर्वसभामुख महराविरुद्ध अभियोगपत्र दायर

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असोज । सुन तस्करी प्रकरणमा पूर्वसभामुख एवम् माओवादी नेता कृष्णबहादुर महराविरुद्ध अदालतमा अभियोग पत्र दायर भएको छ ।

आज सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आइतबार महरालाई ललितपुरको खुमलटारबाट पक्राउ गरेको थियो।

२०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रोनिक चुरोट (भेप) मा लुकाएर ल्याएको सुन प्रकरणमा महरालाई पूरक अभियोगमा मात्र प्रतिवादी बनाइएको हो।

महरा र उनका पुत्र राहुलले विमानस्थल भन्सारले जफत गरेको ७३० वटा भेप छुटाउन प्रयास गरेका थिए। छोरा राहुल यसअघि नै पक्राउ परेर थुनामा छन् ।