१५ असार २०८३, सोमबार

काठमाडौंको गौरीघाटमा श्रीमानले गरे श्रीमतीको हत्या

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असोज । काठमाडौंमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

काठमाडौं महानगरपालिका–७ गौरीघाट मिलनचोकमा श्रीमान् ३५ वर्षीय छिरिङ भनिने तेन्जिङ शेर्पाले ४० वर्षीया विमला तामाङ भनिने अप्सरा कार्कीको हत्या गरेका हुन् ।

अप्सरा कोठामा आइतबार दिउँसो मृत अवस्थामा फेला परेकी थिइन् । घरायसी झगडामा तेन्जिङले अप्सरालाई ढुंगाले हानेर ज्यान लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले तेन्जिङलाई पक्राउ गरिसकेको छ ।