पोखरा, २३ असोज । “विश्वका कस्केली खोजी अभियान, समृद्ध जन्मथलो हाम्रो स्वाभिमान” भन्ने नारासहित कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्को चौथो महाधिवेशन र नवौं स्थापना दिवस पोखराको महेन्द्रपुलमा भव्य रूपमा सम्पन्न भएको छ।
सन् २०१७ मा स्थापित यो परिषद्ले विश्वभर छरिएका कस्केलीहरूलाई एउटै मञ्चमा ल्याउँदै समाजिक एकता, सहयोग र जन्मथलोप्रतिको आत्मीयता सुदृढ बनाउने अभियान चलाउँदै आएको छ।
कार्यक्रममा करिब १२० जना प्रत्यक्ष सहभागी र ४० भन्दा बढी भर्चुअल सहभागीहरू रहेका थिए। कतार, साउदी, अमेरिका, बेल्जियम, क्यानडा, जर्मनीलगायत देशबाट कस्केलीहरूको सहभागिताले कार्यक्रममा अन्तर्राष्ट्रिय रौनक थपेको थियो।
महाधिवेशनका प्रमुख अतिथि पोखरा महानगर प्रमुख धनराज आचार्यले कस्केलीहरू समाजका लागि आदर्शका पर्यायवाची भएको बताउँदै एकताको माध्यमबाट कास्कीको पहिचान विश्वभर उजागर गर्नुपर्नेमा जोड दिए।
विशेष अतिथि गोपीकृष्ण काफ्लेले विदेशमा रहे पनि जन्मथलोप्रतिको माया कहिल्यै मेटिन नसक्ने भावना व्यक्त गरे।
कार्यक्रमको सुरुमा राष्ट्रिय गानपछि सहिदहरूलाई मौन श्रद्धाञ्जलि अर्पण गरिएको थियो। स्वागत मन्तव्य कास्की आदर्श समाज नेपालका उपाध्यक्ष शिवराज अधिकारीले दिएका थिए।
महाधिवेशनको दोस्रो सत्रमा प्रमुख निर्वाचन आयुक्त गोपीकृष्ण काफ्लेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको छ।
नव–निर्वाचित कार्यसमिति यस प्रकार छ-
अध्यक्ष — हंशराज ढकाल क्षेत्री (कतार)
वरिष्ठ उपाध्यक्ष — युबराज अधिकारी (जर्मनी)
प्रथम उपाध्यक्ष — अमर सापकोटा (साउदी अरब)
द्वितीय उपाध्यक्ष — नेत्र के.सी. (अमेरिका)
तृतीय उपाध्यक्ष — मनबहादुर कुँवर (नेपाल)
महिला उपाध्यक्ष — प्रमिला बराल (नेपाल)
महासचिव — प्रभात त्रिपाठी (कतार)
उपमहासचिव — भगवान गिरी (बेल्जियम)
महिला सचिव — सरस्वती सिग्देल (नेपाल)
सचिव — श्रीराम पोखरेल (क्यानडा)
कोषाध्यक्ष — विश्वज्योति सुवेदी (नेपाल)
महिला संयोजक — पवित्रा उपाध्याय खड्का
युवा संयोजक — पूर्णबहादुर खड्का (यूएई)
आईसीसी — प्रितम त्रिपाठी (क्यानडा)
आइसिसी सदस्य — विष्णुप्रसाद सुवेदी (कतार) र तोरणबहादुर क्षत्री (नेपाल)
शपथग्रहणपछि नयाँ नेतृत्वले विश्वभरका कस्केलीहरूबीच सहकार्य, जन्मथलोप्रतिको प्रेम र सामाजिक एकतालाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको हो।
महाधिवेशनले विश्वभर रहेका कस्केलीहरूको योगदान र पहिचानलाई सम्मान गर्दै, “हाम्रो कास्की, हाम्रो गौरव, हाम्रो स्वाभिमान” भन्ने भावनालाई सुदृढ बनाएको छ।










प्रतिक्रिया