२३ जेष्ठ २०८३, शनिबार

‘हामी नर्स हौँ, मेसिन होइनौँ’ भन्दै नर्सहरु आन्दोलनमा

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २५ असोज । पोखराको मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्सहरु तलब वृद्धि लगायतका माग राखेर पुनः आन्दोलित भएका छन्

असोज १९ गते आइतबारदेखि आन्दोलित रहेका नर्सहरुले सोमबार वार्तापछि आफ्नो आन्दोलन स्थगित गरेका थिए । तर माग पूरा नभएपछि उनीहरु फेरि आन्दोलित भएका हुन् । उनीहरूले आफ्नो काम जारी राख्दै अस्पताल परिसरमा प्लेकार्डसहित धर्ना र नराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

आन्दोलनमा उत्रेका नर्सहरूले ‘हामीलाई न्याय दे, श्रम शोषण बन्द गर, हामी मेसिन होइनौँ, नर्स हौँ’ लगायतका नारा लगाएका थिए । काममा ‘ओभरलोड’ भएको र काम अनुसारको परिश्रम नपाएको उनीहरुको गुनासो थियो भने ‘हामी नर्स हौँ, मेसिन होइनौँ’ भन्दै उनीहरुले अस्पताल परिसरमै नाराबाजी गरेका थिए ।

करिब ३ सय नर्सहरूले उचित सेवा, सुविधा पाउन नसकेको नर्सहरूको गुनासो छ । एक साताभित्र माग पूरा नभए पुनः आन्दोलनमा उत्रिने उनीहरूको चेतावनी छ । मणिपालमा १२ सयभन्दा बढी डाक्टर, नर्स र कर्मचारीहरू कार्यरत छन् ।

सरकारले श्रमिकहरूका लागि तोकेको न्यूनतम पारिश्रमिक १९ हजार तीन सय समेत नपाएको, यसअघि रहेको सात घण्टाको समय बढाएर काम गर्ने समय आठ घण्टा बनाएको, वार्षिक रुपमा पाउँदै आएको चाडपर्व बिदा, घर बिदा, बिरामी बिदा लगायतका अन्य बिदाहरू कटौती गरिएको भन्दै अस्पतालमा कार्यरत नर्सहरु आन्दोलित भएका हुन् ।