४ श्रावण २०८३, सोमबार

राष्ट्रपति पौडेल अस्पताल भर्ना

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असोज । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या आएपछि शनिबार महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उनलाई भर्ना गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सामान्य बान्ता भएर उनलाई अस्पताल लगिएको हो । बान्ता भएपछि नसासम्बन्धी केही समस्या छ कि भनेर न्यूरोका डाक्टरहरूले हेरिरहेका छन् । उनको पाचन प्रक्रियामा समस्या देखिने गरेको छ ।