२१ जेष्ठ २०८३, बिहिबार

र्‍याली रोक्ने निर्णय २४ घण्टाभित्र सच्याउन युवा संघको अल्टिमेटम

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असोज । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले मोटरसाइकल र्‍याली गर्न नदिने निर्णय २४ घण्टाभित्र सच्याउन अल्टिमेटम दिएको छ ।

युवा संघले भोलिका लागि काठमाडौंमा मोटरसाइकल र्‍याली आयोजना गरेकामा जिल्ला प्रशासन कार्यालयले अनुमति नदिएपछि स्थगित भएको हो ।

पत्रकार सम्मेलन गरेर युवा संघले निर्णय सच्याउन सरकारलाई २४ घण्टाको समय दिएको हो । आउँदो आइतबार मोटसाइकल र्‍याली गर्ने वातावरण बनाउन युवा संघको माग छ ।