काठमाडौं, २४ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना विगतका मन्तव्यहरू ज्योतिषीले भनेझैँ ठ्याक्कै मिल्दै गएको बताएका छन्।
सम्पादकहरूसँगको अन्तरक्रियामा उनले राष्ट्रको स्वाधिनता र राष्ट्रिय सहमतिको आवश्यकता औंल्याउँदै भने, “अब अहंकार त्यागी सहमतिबाट अघि बढ्नुपर्छ, नत्र राष्ट्रका लागि दुर्भाग्य हुन सक्छ।”
उनले तीन पार्टीका तीन नेता उस्तै हुन् भन्ने भाष्य गलत भएको बताउँदै राष्ट्रिय सहमतिको मार्ग अपनाउन सबैलाई आग्रह गरे।








प्रतिक्रिया