
सर्लाही, २४ असोज । सशस्त्र प्रहरी बल गुल्म इनर्वा सिरहाले सिरहाको बलानखोला क्षेत्रबाट ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरेको छ ।
गएराति जिल्लाको भागवनपुर गाउँपालिका–२ स्थित बलान खोलानजिक कासघारी क्षेत्रमा लुकाएर राखिएको अवस्थामा प्रहरीले करिब २ सय २० किलो गाँजा फेला पारेको हो ।
सशस्त्र प्रहरी नायब उपरीक्षक नन्दराज राईको नेतृत्वमा खटिएको टोलीले खोजतलासका क्रममा नौवटा बोरामा लुकाइएको गाँजा बरामद गरेको बताइएको छ ।
बरामद गरिएको गाँजा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।









प्रतिक्रिया