३ असार २०८३, बुधबार

हरियो फर्सी, काँक्रो र घिरौंलामा भेटियो अत्यधिक विषादी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असोज । मुलुककै सबैभन्दा ठूलो तरकारी बजार काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा बेच्न ल्याइएको हरियो फर्सी, काँक्रो र घिरौंलामा अत्यधिक मात्रामा विषादी भेटिएको छ ।

मकवानपुरबाट कालीमाटी तरकारी बजारमा बेच्न ल्याइएको हरियो फर्सीमा ४५.५९ प्रतिशत, धादिङबाट ल्याइएको घिरौंलामा ६५.०३ र काठमाडौंमै उत्पादित काँक्रोमा ५२.९२ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

केन्द्रीय कृषि प्रयोगशालाले बिहीबार कालीमाटी तरकारी बजारका १५ पसलको १५ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो । परीक्षण क्रममा हरियो फर्सी, काक्रो र घिरौंलामा उक्त मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएको यी तरकारी उपभोग अयोग्य रहेको जनाइएको छ ।

सरकारले रोकावट प्रतिशतको दर ३५ भन्दा कम हुँदा उपभोगयोग्य मानेको छ । ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड बनाएको छ ।

यस्तै ४५ प्रतिशतभन्दा बढी भयो भने त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिएको छ । यसअघि असार अन्तिम साता पनि पनि रायो साग, घिउ सिमी लगायतका तरकारीमा अत्यधिक मात्रामा विषादी भेटिएको थियो ।