२८ असार २०८३, आइतबार

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको २ लाख ३९ हजार २०० पुग्यो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असोज । सुनचाँदीको मूल्यले आज पनि नयाँ रेकर्ड राखेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार २०० ले बढेर दुई लाख ३९ हजार २०० रुपैयाँ कायम भएको हो । यो मूल्य हालसम्मकै उच्च हो । सुन बुधबार दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ । चाँदी प्रतितोला तीन हजार २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो ।